गृहमन्त्री लामिछानेको मुद्दामा दुई न्यायाधीशको राय बाझियो

admin

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझिएको छ। उनलाई पदमुक्त गर्नुपर्ने मागसहित दायर रिट निवेदनमाथि दुई न्यायाधीशबीच राय बाझिएको सर्वोच्च अदालतले जनाएको छ।

न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। उनीहरुबीच राय बाझिएपछि अब अन्य ३ न्यायाधीशसहितको पूर्ण इजलासमा पेश हुनेछ ।

 

प्रतिक्रिया