संविधानलाई संशोधन गर्ने नाममा कांग्रेस-एमाले जनताको अधिकार सीमित गर्ने बाटोमा हिँड्न खोजे : मन्त्री बस्नेत

admin

काठमाडौँ । ऊर्जामन्त्री शक्ति बहादुर बस्नेतले संविधानलाई संशोधन गर्ने नाममा कांग्रेस–एमाले जनताको अधिकार सिमित गर्ने बाटोमा हिड्न खोजेको आरोप लगाउनुभएको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले संविधानको समिक्षा गर्ने बहानामा अनावश्यक संशोधन गर्दै जनताको अधिकार सिमित गर्ने बाटोमा कांग्रेस–एमाल हिड्न खोजेको आरोप लगाउनुभयो ।

उहाले नयाँ गठबन्धनको आधार संविधान तोडफोड गर्नु नै भएको जिकिर गर्नुभयो । माओवादीका नेता समेत रहनुभएका बस्नेतले अहिलेको परिघटना पार्टी बिशेषको मात्रै कुरा नभएको भन्दै देशको समग्र अवस्थाको बिषय रहेको धारणा राख्नुभयो । संसदीय व्यवस्थामा को सरकारमा जान्छ भन्ने बिषय सामान्य रहेपनि यसले देशलाई पुराउने क्षतिका बारेमा समिक्षा गर्नुपर्ने उहाको भनाइ छ ।

बस्नेतले जनतालाई अधिकारसम्पन्न बनाएर मात्रै मुलुक बन्छ भन्ने माओवादीको स्पष्ट दृष्टिकोण रहेको भन्दै सरकारमा रहेपनि नरहेपछि यसैमा ध्यान केन्द्रीत गर्ने बताउनुभयो ।

प्रतिक्रिया