काठमाडौं । मानव सेवा फाउण्डेशनले आज पशुपति परिसर वनकालिमा वृहत रिक्सा र्याली गर्ने भएको छ ।
मानव सेवा फाउण्डेसन कलंकीद्धारा आयोजित कोटिहोम महायज्ञको प्रचारप्रसार सँगै धार्मिक जागरण,सनातन धर्मको अस्तित्व रक्षा तथा धार्मिक सहिष्णुताको बिकास,शान्तिको सन्देश प्रवाह तथा युवाहरुलाई धर्म अनि सस्कृती र संस्कारमा जोडनको लागि साथै विश्व कल्याणको कामना गर्नको
लागि महायज्ञको पूर्वसन्ध्याको अवसरमा आज बिहान ११ बजे वृहत रिक्सा र्याली गर्ने भएको हो । रिक्सा र्याली पशुपति परिसर वनकालीबाट प्रारम्भ भई चक्रपथ परिक्रमा गरिने आयोजक समितिले जनाएको छ ।
मानव सेवा फाउण्डेशनले हिजो ट्याक्सि र्यालीको कार्यक्रम सम्पन्न गरि सकेको छ । मानव सेवा फाउण्डेशनले पशुपति मन्दिर क्षेत्रको हंशमण्डप वनकालीमा यहि साउन १ गतेदेखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको आयोजना गरेको छ ।