भद्रकाली मन्दिर क्षेत्रमा रहेको सत्तलको पुननिर्माण हुने

admin

काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिर क्षेत्रमा रहेको सत्तलको पुननिर्माण हुने भएको छ ।

काठमाडौं महानगरपालिकाद्वारा निर्माण हुने श्री लुँमधि भद्रकाली मन्दिर परिसर सत्तल पुननिर्माण कार्यको बिहीबार महानगरकी उपप्रमुख सुनिता डंगोलले शिलान्यास गर्नुभएको हो ।

निर्माण कार्य अगाडि बढाउनका लागि काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन बिभाग, गुठी संस्थान, श्री लुँमधि भद्रकाली मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले सहजीकरण गर्ने बताइएको छ ।

महानगरकी उपप्रमुख डंगोलले समयमा नै सत्तलको पुननिर्माण गर्ने दायित्व सवैको भएको बताउनुभयो ।  उहाले पुननिर्माणलाई असफल बनाउने काम नगर्न आग्रह गर्दै कुनै त्रुटी देखिए सर्वपक्षिय छलफलबाट समाधान गर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया