उद्योगमा लाइन काटेर बस्न मिल्दैन, आज एउटा निकाश आउँछ: ऊर्जा मन्त्री

admin

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने बताउनुभएको छ ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खड्काले व्यवसायीहरुले तिर्नुपर्ने रकम तिर्ने वातावरण बनाउनका लागि पनि डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने बताउनुभएको हो । उहाले व्यवसायीहरुबाट उठ्न बाँकी रकमको निक्र्यौल हुन बाँकी रहेको जिकिर गर्नुभयो ।

उहाले यस बिषयमा निरन्तर बैठक बसिरहेको भन्दै छिटै आवश्यक निष्कर्ष निस्कने दावी गर्नुभयो ।

प्रतिक्रिया