रवि लामिछाने गृहमन्त्री हुँदा एउटा मात्रै फाइल खोलियो: विश्वप्रकाश शर्मा

admin

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने आरोप निराधार रहको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै शर्माले गृहमन्त्रालयले बिभिन्न प्रकरणका फाइल खोलेको मिति प्रस्तुत गर्दै निवर्तमान गृहमन्त्री रवि लामिछानले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेको समेत बताउनुभयो ।

उहाले लामिछाने गृहमन्त्री हुदा हल्लामात्रै गरिएको भन्दै त्यसबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाबिरुद्धको फाइल खोजिएको र त्यो पनि निराधार पुष्टि भएको धारणा राख्नुभयो । शर्माले बिभिन्न प्रकरणको अनुसन्धानलाई अघि बढाउने जिम्मेवारी नयाँ गृहमन्त्रीलाई आएको भन्दै पूर्वाग्रहमुक्त भएर अनुसन्धान गर्न सुझाव दिनुभयो ।

उहाले नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी–इस्टेट प्रकरणमा पनि छानविन हुनुपर्ने र त्यसमा मुछिएकालाई छुट दिन नहुने उल्लेख गर्नुभयो । सरकारलाई बिभिन्न सुझाव दिदै शर्माले सुशासनलाई पहिलो प्राथमिकता बनाएर अघि बढ्न समेत सुझाव दिनुभयो ।

प्रतिक्रिया