तत्काल सरकारमा जाने कुनै तयारी छैन : राजेन्द्र लिङ्देन

admin

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा पार्टीको जिल्ला अध्यक्षहरुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्ने भन्दै तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताउनुभएको हो । सरकारमा जाने बिषय व्यक्तिगत चाहनाले मात्रै निर्णय हुन नसक्ने उहाले बताउनुभयो ।

संसदको गणित र राष्ट्रिय राजनीतिमा सरकारमा रहदा वा नरहदा के फरक रहन्छ भन्ने बिश्लेषण पार्टीले गर्ने लिङ्देनले बताउनुभयो । उहाले यसअघि केहि समय सरकारमा रहदा केहि महत्वपूर्ण काम गर्न सफल भएको दावी गर्नुभयो ।

त्यस्तै अध्यक्ष लिङदेनले पार्टीले उठाएका एजेण्डलाई प्रभावित हुने कुनै पनि काम नेतृत्वबाट नहुने भन्दै यसअघि भएका गल्ती कमजोरीलाई सुधार गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाले संविधानको आधारभूत कुराहरुमा नै पार्टीको फरक मत रहेकाले संविधान संशोधनको पक्षमा आफुहरु रहेको जिकिर गर्नुभयो ।

साउन १८ गतेसम्म चल्ने उक्त भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरूको सहभागिता रहेको छ । बैठकमा जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया