सरकार सदनमार्फत जनताप्रति उत्तरदायि हुने व्यवस्थालाई कमजोर हुन दिन्न : गृहमन्त्री

admin

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार सदनमार्फत जनताप्रति उत्तरदायि हुने व्यवस्थालाई कमजोर हुन नदिने बताउनुभएको छ ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाले जनताले गरेका प्रश्नहरुको बिभिन्न माध्यमद्वारा जवाफ दिने र जनताप्रति सरकार उत्तरदायि हुने व्यवस्थालाई कमजोर हुन नदिने बताउनुभएको हो ।

उहाले राष्ट्रिय सदाचार नीति अघि बढाउन ढिलाई भएको भन्दै यसलाई पारित गर्दै लागू गर्न सरकार प्रतिवद्ध बताउनुभयो । गृहमन्त्री लेखकले विधिको शासन लोकतन्त्रको स्तम्भ रहेकाले आवश्यक कानून बनाएर विधिको शासन कायम गरिने धारणा राख्नुभयो ।

उहाले कसैको चाहना र रहरले फाइल नखुल्ने भन्दै कानून र प्रमाणका आधारमा फाइल खोलिने स्पष्ट पार्नुभयो । प्रहरी अधिकारीको सरुवा र बढुवा सामान्य प्रक्रिया रहेको भन्दै यसलाई अन्यथा सोच्न नहुने उहाको भनाइ छ । बैठकमा समिति सदस्यहरुले सुशासन प्रवद्र्धनका लागि सदाचार नीति महत्वपूर्ण हुने भएकाले यसलाई छिटै अघि बढाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया