काठमाडौं । बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय एकता अभियानको व्यानरमा बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै विरोध स्वरुप काठमाडौंको माइतिघरमा प्रदर्शन भएको हो ।
विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बीहरु एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरुले जनाएका छन् । उनीहरुले हिन्दुहरुमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगाएतका नारा लगाएका थिए ।