काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधुत बिकासको क्षेत्रमा प्रसारण लाइनलाई महत्वका साथ अघि बढाइने बताउनुभएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र उपाय संस्थाले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले प्रसारण लाइन नहुदा उत्पादीत विद्युत खेर जाने अवस्था आउने भएकाले विधुत बिकासको क्षेत्रमा प्रसारण लाइनलाई महत्वका साथ अघि बढाइने बताउनुभएको हो ।
नदि प्रणालीमा आधारित भएर पूर्व–पश्चिम प्रसारण प्रणालीका साथै अन्तरदेशी प्रसारण लाइनका लागि लगानी केन्द्रीत हुनुपर्ने उहाले बताउनुभयो ।
उहाले विद्युत उत्पादन र बिक्रि गर्ने मानसिकताबाट माथि उठ्दै आन्तरिक उपभोगलाई बढावा दिने नीति आवश्यक रहेको धारणा राख्नुभयो ।
आन्तरिक उपभोगबाट बचेको विद्युतमात्रै अन्तराष्ट्रिय बजारमा उचित मूल्यका साथ बिक्रि गर्नुपर्ने उहाको भनाइ छ । उहाले धितोपत्र बोर्डलाई नेतृत्वबिहिन अवस्था लामो समय राख्न नहुने भन्दै यस समस्याको शिध्र समाधानको पक्षमा सरकार रहेको धारणा राख्नुभयो ।