सरकारले नोटिसमा राखेपछि राजेन्द्र लिङ्देनको चुनौती- सके पक्राउ गरेर देखाउनू

admin

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफुलाई पक्रेर देखाउन सरकारलाई चूनौति दिनुभएको छ ।

बुधबार काठमाडौंमा नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई पत्र प्रदान गर्दै लिङ्देनले संविधान दिवसका समयमा आफुलाई राज्यले नोटिसमा राखेको खवर पाएको भन्दै आफुलाई पक्रेर देखाउन सरकारलाई चूनौति दिनुभएको हो ।

आफु अहिलेको संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी र विपक्षी भएको उहाले बताउनुभयो । उहाले कुनै अराजकतामा आफ्नो भविष्य नखोजेकाले संयमता अपनाइरहेको धारणा राख्नुभयो ।

लिङ्देनले अहिलेको संविधान जति परसम्म बोकेर लगिन्छ, त्यति नै जनताले दुख पाइराख्ने जिकिर गर्नुभयो । हिजो र आजका राम्रा कुरालाई समेटेर अघि बढ्नुको बिकल्प नभएको भन्दै जवरजस्त गरे ढिलो चाडो अहिलेको संविधान जनताले फ्याक्ने र त्यसको नेतृत्व राप्रपाले गर्ने स्पष्ट पार्नुभयो ।

राप्रपाले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा ल्याउदै जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया