बाटो खुलेसँगै पृथ्वी राजमार्गमा चल्न थाले रात्रि बस

admin

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि सोमबारबाट रात्री बस सञ्चालनका लागि अनुमति दिइएको छ ।

रात्री बस सञ्चालनका लागि अनुमति दिएसंगै काठमाडौं नयाँ बसपार्कबाट रात्री बस छुटेका छन् । बाटो बन्द भएपछि उपत्यका बाहिर जान नपाएका यात्रुहरु रात्री बस सञ्चालन भएसंगै बसपार्क पुगेका थिए । सोमबार ठूलो संख्यामा रात्री बस नागढुङ्गा हुदै बाहिरएका छन् ।

प्रतिक्रिया