भरतपुरमा अटो एक्सपो २०८१ शुरु

admin

काठमाडौँ । चितवनको भरतपुरमा अटो एक्सपो २०८१ शुरु भएको छ ।

चितवनलाई अटोमोबाईल्स प्रदर्शनीको रुपमा बिकास र आर्थीक गतिबिधि चलाएमान बनाउने उद्देश्यले अटो एक्सपोको आयोजना गरीएको संयोजक राजन पियाले बताउनु भयो ।

चितवनमा पहिलो पटक आयोजना गरीएको अटो एक्सपोले चितवन लगाएत आसपासको क्षेत्रमा आर्थीक गतिबिधि केही भए पनि चलाएमान हुने बिश्वास रहेको उहाले बताउनु भयो ।

४ दिन सम्म चल्ने एक्सपोमा २१ कम्पनीका २० वटा ब्राण्डका गाडीहरु प्रदर्शनीमा राखिएको छ भने ३ वटा बैकको स्टल पनि रहको छ । प्रदर्शनीमा बिभिन्न ब्राण्डका बिधुतिय देखि ईन्धन वाट चल्ने सबिधा सम्पन्न गाडीहरु राखिएको छ ।

प्रदर्शनी अबधी भर १ सय वटा गाडी बिक्री गर्ने लक्ष्य रहेको सयोजक पियाले बताउनु भयो । प्रदर्शनीमा ५० देखि ६० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू