चाडपर्वका बेला कृत्रिम अभाव र मूल्यबृद्धि हुन नदिन सरकारले गम्भीरतापूर्वक काम गरिराछ : मन्त्री भण्डारी

admin

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला कृत्रिम अभाव र मूल्यबृद्धि हुन नदिन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा हिमालयन इन्टरनेसनल एक्सपो उद्घाटन गर्दै मन्त्री भण्डारीले बजारमा मूल्यवृद्धि गर्ने चेष्टा भएपनि सरकार सक्रियतापूर्वक कृत्रिम अभाव र मूल्यबृद्धि हुन नदिन लागिपरेको बताउनुभएको हो ।

चाडपर्वलाई लक्षित गरेर मन्त्रालयले सुपथ मूल्यका पसलहरु देशव्यापी रुपमा सञ्चालन गरिरहेको र प्रभावकारी देखिएको उहाले बताउनुभयो ।

उहाले चाडपर्वका बेला जनतालाई राहत दिन अत्यावश्यक खाद्य वस्तु लगाएत पेट्रोलियम पदार्थमा मूल्य घटाएको जिकिर गर्नुभयो । चिनीको अभाव हुन नदिन सरकारले गरेको प्रयासकै कारण सुपथ मूल्यमा सहज रुपमा उपलव्ध भएको उहाले दावी गर्नुभयो ।

मन्त्री भण्डारीले स्वदेशमा नै उत्पादीत बस्तुहरु प्रवद्र्धन र प्रयोग गर्न सके आयातका कमी आउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले एक्सपोको आयोजना गरिएको बताइएको छ ।

काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरिएको एक्स्पोमा अल्लो, सिस्नो, केरा, बाँस लगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, पश्मिना, स्टोन, माला, गलैँचा, गार्मेन्टका सामान लगाएतका बस्तुका स्टल राखिएका छन् ।

प्रतिक्रिया