जुटको मूल्य घट्यो

admin

काठमाडौं । अन्तराष्ट्रिय बजारमा जुटको उत्पादनको विक्री घटेका कारण कच्चा जुटको मुल्य घटेर करिब एक सय रुपैया प्रति किलो हाराहारीमा पुगेको छ ।

४ वर्षअघि इतिहास मै सबैभन्दा बढी १२७ रुपैया प्रति किलो पुगेको कच्चा जुटको मुल्य गत वर्षघटेर ६० रुपैया सम्म पुगेको थियो । तयारी जुट सामग्रीको खपत घटेको र जुट सामग्रीको मुख्य बजार भारतमा जुट सामग्रीको मुल्य घटेकाले कच्चा जुटको मुल्य घटेको नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिनुभयो । जुटको मुल्य घटेका कारण कृषकहरुले यसपटक जुट खेती पनि घटाएको उहाले बताउनुभयो ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ६ वटा जुट उद्योगहरु संचालनमा रहेका छन् । जुट सामग्रीको खपत घटेपछि जुट मिलहरुले उत्पादन कटौती गर्न थालेका छन् ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगहरुले आन्तरिक उत्पादनबाट ३० प्रतिशत र बाँकी ७० प्रतिशत कच्चा जुट भारत र बंगलादेशबाट आयात गरी तयारी जुट सामग्री भारत निर्यात गर्दै आएको छ । भारत र बंगलादेशबाट करिब साढे २ अरब रुपैया बराबरको कच्चा जुट आयात गरी करिब ७ अरब रुपैया बराबरको तयारी जुट सामग्री भारत निर्यात गर्ने गरिएको छ ।

प्रतिक्रिया