सुनसान काठमाडौं

admin

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौंमा सवारीसाधन कम चलेका छन् ।

बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौंमा सवारीसाधन कम चलेका हुन् ।
सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सडकमा पनि सवारी कम देखिएको छ ।

सडकमा हिँड्डूल गर्ने मानिस र सवारीसाधन कम देखिदा बजार पसलहरुमा पनि चहलपहल कम छ । दशैका लागि मात्रै एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

प्रतिक्रिया