काठमाडौं । अविरल बर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा रुट अनुमति लिएका सवै प्रकारका सवारी साधान सञ्चालन हुने भएका छन् ।
सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरि राजमार्गको भकुण्डेवेशी बर्षेखोला खण्डको करिव ८ किलोमिटर सडक वगाएकाले हाल ट्रयाक खोली साना सवारी साधनमात्रै सञ्चालन भएकोमा मंगलबारदेखि रुट अनुमति लिएका सवै प्रकारका सवारी साधान सञ्चालन गर्न योग्य हुने जनाएको हो ।
साथै सडक डिभिजनले उक्त सडक खण्डमा सुख्ख पहिरो झर्ने सम्भावना रहेकाले रातीको समयमा यात्रा नगर्न अनुरोध समेत गरेको छ । भकुण्डेवेशी बर्षेखोला खण्डको सडक बगाएपछि सडक डिभिजनले चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सन निर्माण गरेको छ ।