७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, बुद्धि कमजोर भएर बाहिर बसेँः वामदेव गौतम

admin

काठमाडौँ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा गौतमले एमालेका लागि आफुले धेरै योगदान दिएपनि आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताउनुभएको हो ।

उहाले नेकपा एमाले निर्माणमा ७५ प्रतिशत आफ्नो भूमिका रहेको उल्लेख गर्नुभयो । गौतमले एमाले निर्माणदेखि देशका लागि लामो समय काम गरेको अनुभव र अध्ययनका आधारमा प्राकृतिक प्रकोपको जोखिमबारे राष्ट्रियसभामा बोल्दा पनि सरकारले गम्भीरता नलिएकाले अहिले धेरै क्षति भएको जिकिर गर्नुभयो ।

उहाले पहिरोमा परि त्रिशुलीमा दुईवटा बस बगाएपछि आफुले राष्ट्रिय सभामा त्यसपछिको दुई महिनामा सडक बन्द गर्न सुझाव दिएपनि सरकारले त्यसलाई नसुनेको बताउनुभयो । विश्वका क्षमतावान बिज्ञहरुलाई बोलाएर पहिरोका बारेमा पूर्णमूल्याङ्कन र पहिरो रोकथाम गर्न आफुले यसअघि नै सुझाव दिएको उहाले बताउनुभयो । तर आफ्नो सुझावलाई सरकारले गम्भीरतापूर्वक नलिएको उहाको गुनासो छ ।

उहाले आफुले प्रयाप्त अध्ययन गरेर नै बाढीपहिरोका बारेमा बोलेको उल्लेख गर्नुभयो । त्यस्तै गौतमले सहकारीका कारण भ्रष्टाचार व्याप्त देखिएकाले सहकारी दुरुपयोगमा संलग्नलाई निर्मम तवरले कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाले कुनै पार्टी वा व्यक्ति नहेरि सहकारी प्रकरणका दोषीलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया