उपनिर्वाचन : उदयपुरमा १६ जनाले उम्मेदवारी दर्ता

admin

काठमाण्डौ । उदयपुरको त्रियुगा र बेलका नगरपालिकाका एक–एक वडामा हुन लागेको उपनिर्वाचनमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा १ स्वतन्त्र सहित ९ जना र बेलका नगरपालिका वडा न. ९ मा ७ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । त्रियुगा नगरपालिकामा सत्ता साझेदार दल नेपाली काँग्रेसबाट संजिव काफ्ले, नेकपा एमालेबाट लक्ष्मी नारायण चौधरी, विपक्षी दलहरु नेकपा माओबादी नविन बान्तवा राई, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उर्मिला चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ध्रुब पोखरेलले निर्वाचनमा उम्मेदवारी दिएका छन् भने जनमत पार्टीबाट प्रमोद मलाहा सहनी, नागरिक उन्मुक्ती पार्टीबाट चन्द्रकला चौधरी, राप्रापाबाट लाल बाबु साह, स्वतन्त्र बाट बंजरगी कुमार दाशले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिनु भयो ।

त्यसैगरी बेलका नगरपालिका ९ मा नेपाली काग्रेसबाट नवराज बस्नेत, नेकपा एमालेबाट मोहन खड्का, माओवादी केन्द्रबाट भरत घिमिरे, रास्वपाबाट तेजमान विक, जसपाबाट राज कुमार राई राप्रपाबाट टिका प्रसाद फुयल मंगोल नेसनल अर्गनाईजेसनबाट सुरे तामागले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी दिपक दाहालले जानकारी दिनुभयो ।

गत २०७९ वैशाख २० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षहरु त्रियुगा १२ का चुडाराज काफ्ले र बेलका ९ का पदम खड्काको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया