काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राजनैतिक तथा प्रशासनिक क्षेत्रबाट भएको त्रुटी र कमजोरीका कारण नेपाली विद्यार्थी सिमावर्ती भारतीय राज्यमा पढ्न जान बाध्य भएको बताउनुभएको छ ।
सोमबार विराटनगरमा आयोजना गरिएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिईभिटीको पुनसंरचना विषयक प्रदेश स्तरीय छलफल तथा अन्तक्र्रियामा मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
उहाले शिक्षामा नेपालको बजार गुमाइरहेको समेत बताउनुभयो । उहाले प्राविधिक शिक्षालाई जीवनोपयोगी तथा व्यवहारिक बनाउदै परिष्कृत र परिमार्जित गर्न सकिए प्राविधिक शिक्षालयहरुले विद्यार्थीको अभाव खेप्नु नपर्ने धारणा व्यक्त राख्नुभयो ।
सिटिइभिटीको पुनसंरचना गर्न ढिलाई भएको टिप्पणी गर्दै संघिय, प्रदेश र स्थानीय सरकार बीच समन्वय गरेर प्राविधिक शिक्षालयहरुलाई संचालन गर्न सकिने उहाले बताउनुभयो ।
सिटिइभिटी पुनसंरचना उच्चस्तरीय टोलीले आयोजना गरेको सो कार्यक्रमका सहभागीहरुले प्राविधिक जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले नै पहल लिनुपर्ने आग्रह गरेका थिए ।