नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत होः राष्ट्रपति पौडेल

admin

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् देश नेपालको राष्ट्रिय र मौलिक संवत् भएको बताउनुभएको छ ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा शंखधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरिएको रजत बर्षको अवसरमा आयोजित कार्यक्रममा उहाँले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग सामिप्य रहँदै आइरहेको नेपाल संवत् राष्ट्रिय र मौलिक संवत् भएको बताउनुभएको हो ।

उहाँले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटै मात्र संवत् भएकाले नेपाल संवत् सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा पनि भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले शंखधर साख्वाःले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरिब एवं उत्पीडित समुदायको हितमा प्रयोग गर्नु विश्वकै लागि पनि एक उदाहरणीय कार्य भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया