शासकहरुको कमजोरीका कारण लोकतन्त्रको मूल्य, मान्यतालाई धुमिल बनाउन दिनु हुँदैनः राष्ट्रपति

admin

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अहिलेकै व्यवस्थामा भविष्य खोज्न सक्नेगरि जनतालाई भरोषा दिलाउनसक्नुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित नेपालका निधि नामक पुस्तक लोकार्पण गर्दै राष्ट्रपति पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गर्दै अहिलेकै व्यवस्थामा भविष्य खोज्न सक्नेगरि जनतालाई भरोषा दिलाउनसक्नुपर्ने बताउनुभएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सवै जुट्नुपर्ने उहाले बताउनुभयो । राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो शर्त भएको उल्लेख गर्नुभयो ।

उहाले सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य मान्यतालाई धुमिल बनाउजे अवस्था आउन दिन नहुने उल्लेख गर्नुभयो ।

त्यस्तै राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गर्नुभएको स्मरण गर्नुभयो

प्रतिक्रिया