एकीकृत समाजवादीमा आगामी कार्ययोजनाका साथै कार्य विभाजनका विषयमा छलफल

admin

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकमा केन्द्रीय सदस्यहरुको कार्य बिभाजन र आगामी कार्ययोजनाका बारेमा शनिबार पनि छलफल भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्ययोजनाका साथै कार्यबिभाजनका बिषयमा छलफल भएको हो ।

स्थायी कमिटीका सदस्यहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरेको नेकपा समाजवादीले जनाएको छ ।

शनिबार बैठकमा जगन्नाथ खतिवडा, जयन्ति राइ, गङ्गालाल तुलाधर , चन्द्र बहादुर शाही, कल्याणी खडका लगाएतले धारणा राखेका छन् । उनीहरुले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरुमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भुराजनीतिक चुनौतिहरुको सामना गर्ने लगाएतका बिषयमा धारणा राखेका हुन् ।

अब अध्यक्ष, बरिष्ठ नेताहरु र महासचिवले धारणा राख्न बाँकी रहेको नेताहरुले जनाएका छन् । स्थायी कमिटिको बैठक आइतबार सम्पन्न गर्ने नेकपा एकीकृत समाजवादीको तयारी छ ।

प्रतिक्रिया