एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालियो :घनश्याम भुसाल

admin

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भुसालले आफ्नो बिरोध गर्नेलाई केपी ओलीले सत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरको भन्दै भीम रावललाई ओलीप्रति प्रश्न उठाएपछि एमालेबाट निकालिएको बताउनुभएको हो ।

अहिलेको अवस्थामा ओलीको सवै प्रयोग असफल भएकाले पार्टीको नेतृत्व छाड्नु हितकर हुने उहाले सुझाव दिनुभयो । उहाले रावललाई आफ्नै पार्टीमा आउन आह्वान समेत गर्नुभयो ।

भुसालले सहकारी प्रकरणमा भएको छानविनमा केहि गढबढ भएको महशुस आफुलाई भएकाले निष्पक्ष न्यायीक छानविन हुनुपर्ने बताउनुभयो । रवि लामिलानेलाई इश्र्याका कारण केहि दुःख दिएको हुनसक्ने उहाले बताउनुभयो । त्यस्तै महासचिव भुसालले गणतन्त्रमा अपेक्षा अनुसारको नेतृत्व देशले अझै पाउन नसकेको धारणा राख्नुभयो ।

मुलुकको सवै समस्याका साथै हक अधिकार स्थापीत गराउनुपर्नेमा त्यसो हुन नसकेको उहाले बताउनुभयो । भुसालले गणतन्त्रका नेता भनेका राजनीतिक पार्टीहरुले आफ्नो औचित्य निरन्तर गुमाउन थालेकाले नयाँ व्यवस्थाका लागि जिम्मेवारी पार्टी निर्माणका लागि राम्रो अवसर प्राप्त भएको बताउनुभयो ।

प्रतिक्रिया