चितवनमा हात्तीलाई वनभोज

admin

चितवन । चितवनको सौराहामा जारी १८ औ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत हात्तीलाई वनभोज खुवाईएको छ ।

सधै जगल सफरीमा ब्यस्त रहने हात्तीहरुलाई वनभोज खुवाईएको हो । वनभोजमा हात्तीलाई मन पर्ने उखु, गुलियो भात, ड्रागन फ्रुट, हरियो मकै, खरभुजा, फर्सी, कुची लगाएतको बिभिन्न परिकारहरु दिइएको महोत्सबका संयोजक राम कुमार अर्यालले बताउनुभयो ।

हात्ती महोत्सबमा हात्ती मैत्री खेलका साथ साथै हात्तीलाई मनोरञ्जन गराउन वनभोजको आयोजना गरिएको संयोजक अर्यालले बताउनु भयो । वनभोजमा ३५ वटा निजि हात्तीहरुलाई सहभागि गराईएको थियो ।

महोत्सबमा हात्तीले बनभोज खाएको हेर्न दर्शकहरुको घुईचो लागेको थियो । हात्तीको बनभोज महोत्सबको मुख्य आकर्षण रहेको छ । क्रिसमस र अग्रेजी नया बर्षको अबसरमा चितवनमा पर्यटकहरुको बसाई लम्बाउने उद्देश्यले हात्ती महोत्सव आयोजना गरिएको हो ।

प्रतिक्रिया