अधिकारको संरक्षण गर्न जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ : मन्त्री सिंह

admin

काठमाडौं । उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंह प्राप्त भएका अधिकारलाई सम्वद्र्धन गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताउनुभएको छ ।

तमु ल्होछारका अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले आयोजना गरेको विशेष कार्यक्रममा सिंहले प्राप्त भएका अधिकार सहि तवरले प्रयोग गर्दै थप सम्वद्र्धन गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताउनुभएको हो ।

सिंहले आगामी दिन दिनमा समृद्ध र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाले पुर्खाले छोडेर गएका रितितिथि, परम्परालाई जोगाउनको लागि वर्तमानमा सबै सक्रिय भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

उहाले संस्कार संस्कृतिलाई आउने पुस्ता, नयाँ पिँडीलाई सुम्पिनुपर्ने भएकाले कला–संस्कृतिको जगेर्नामा जिम्मेवार तवरले अगाडि बड्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया