मन्त्रीपरिषद्को वैठकले केके गर्यो निर्णय ?

admin

काठमाडौं । सरकारले प्रत्येक बर्ष माघ १४ गते सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने भएको छ ।

बुधबार सिंहदरबारमा पुष १६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्रत्येक बर्ष माघ १४ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले देशभर सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले महान्यायाधीवक्ता कार्यलय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी पहिलो संशोधन कार्यविधि स्वीकृत गरेको छ ।

बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई सरकारले उपलव्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार बिकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चलन गर्न स्वीकृति दिएको छ । त्यस्तै आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रशासन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।

त्यस्तै प्रहरी अपराध अनुसन्धान बिभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरिक्षक टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ भने राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताउनुभयो ।

त्यस्तै मन्त्रिपरिषद्ले खानेपानी तथा सरसफाइ नियमावली, उर्जा बिकास मार्गचित्र स्वीकृत गरेको छ भने निकारी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

 

प्रतिक्रिया