काठमाडौंमा भूकम्पको धक्का, कति रेक्टरको आयो ?

admin

काठमाडौं । काठमाडौं उपत्यका सहित देशका अधिकांश भागमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको ठूलो धक्का महसुस भएको हो ।

धक्का महसुस भएपछि काठमाडौं लगायतका स्थानका सर्वसाधारण घरबाहिर निस्किएका थिए ।

प्रारम्भिक रिपोर्टहरुका अनुसार चीनको तिव्बत केन्द्रविन्दू भएर भूकम्प गएक हो । ७.१ रेक्टर स्केलको भूकम्प मापन भएको जनाइएको छ । उक्त भूकम्पले चीन, नेपाल, भारत, भुटान र बंगलादेशमा समेत धक्का महसुस भएको छ ।

प्रतिक्रिया