एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड

admin

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंग सहकार्य गरेर चूनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसंगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अव एमालेसंग सहकार्य गरेर चूनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको हो ।

उहाले ८४ को निर्वाचन माओवादीले आफ्नै शक्तिको बलमा लड्ने निर्णय पार्टीले समेत गरिसकेको उल्लेख गर्नुभयो । प्रचण्डले माओवादीका धेरै कमिकमजोरीलाई सुधार गर्दै जनताको विश्वास जित्ने गरि अघि बढ्ने उल्लेख गर्नुभयो । उहाले बिचौलियाहरुको सेटिङ् भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रुपमा संख्याको बलमा आफुलाई हटाउने खेल भएको दोहराउनुभयो ।

अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि बिपक्षीहरु एक भएर सदन बोलाउन दवाव दिएकै कारण सरकारले सदन आह्वान गरेको उहाको भनाइ छ ।
प्रचण्डले अव बिपक्षीहरु सामूहिक रुपमा अघि बढ्ने र समाजवादी मोर्चार्ला समेत सक्रिय बनाउने धारणा राख्नुभयो ।

प्रतिक्रिया