सामाजिक सञ्जाल नियमनको नाममा नियन्त्रण अस्वीकार्य: विश्वप्रकाश शर्मा

admin

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्न खोज्नु उचित नभएको बताउनुभएको छ ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्न खोज्ने कामको कांग्रेसले संसदमा साथ नदिने र संस्थागत रुपमा यसको भारी नबोक्ने बताउनुभएको हो ।

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयकलाई स्वीकार गर्न नसकिने उहाले बताउनुभयो । उहाले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकमा सर्वपक्षीय छलफल गर्दै संशोधनका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै उहाले संसद नचलेका बेलमा सरकारले अध्यादेश ल्याउन सक्ने भन्दै अध्यादेश ल्याउदैमा विरोध गरिहाल्नु नपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया