कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण

admin

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले तेस्रो पटक स्पष्टीकरण सोधेका छन्।

विगतमा दुई पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्री खड्काले घिसिङलाई कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्ने विवरण २४ घण्टाभित्र पेस गर्न निर्देशन दिएका छन्।

मन्त्रालयको पत्रअनुसार, घिसिङले प्रस्तुत गरेको अघिल्लो स्पष्टीकरण वस्तुगत र असन्तोषजनक भएको जनाइएको छ। मन्त्री खड्काले सोमबार मन्त्रिपरिषद्मा घिसिङलाई हटाउने प्रस्ताव लैजाने तयारी गरे पनि राज्यमन्त्री पूर्णबहादुर तामाङको असहयोगपछि निर्णय रोकिएको बताइएको छ।

प्रतिक्रिया