संकटालाई हराउँदै आर्मी केपी ओली कप फुटबलको फाइलनमा प्रवेश

admin

काठमाडौं । त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको सेमिफाइनलको पहिलो खेलमा संकटा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मछिन्द्र एफसीबीच प्रतिष्पर्धा हुने छ । फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

प्रतिक्रिया