काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले भाउ घटाएर पठाएसँगै मूल्य समायोजन गर्दा डिजेल र मट्टितेलमा साविकको मूल्यमा एक रुपैयाँ घटाइएको हो ।
त्यस्तै पेट्रोल, आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनसँगै एलपी ग्याँसको मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।
यसपालि ग्याँस र पेट्रोलको भाउ बढेर आएको भए पनि निगमले मूल्य भने वृद्धि नगरेको हो ।