अमेरिकाबाट निष्कासित १० नेपाली लिएर चार्टर जहाज आज काठमाडौं आउँदै

admin

काठमाडौं । डोनाल्ड ट्रम्पले दोस्रो पटक अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाडौं आइपुग्दैछ।

उक्त जहाज आज बिहान १० बजे काठमाडौं अवतरण गर्ने तालिका छ। अमेरिका सरकारले निष्कासित नेपालीहरूलाई अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास, तथा अध्यागमन कानून उल्लंघन गरेको आरोपमा फिर्ता पठाएको हो।

ट्रम्प प्रशासनको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिका निकाला गरिसकिएको छ। जनवरीमा ६, फेब्रुअरीमा २०, र मार्चमा १ जना गरी २७ नेपाली फर्काइएका थिए। तीमध्ये तीन जनालाई पानामा डिपोर्ट गरिएको भए पनि त्यसको स्पष्ट कारण खुल्न सकेको छैन।

आज काठमाडौं आउने चार्टर जहाज भोलि दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कनेछ। अमेरिकी सरकारले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने जनाएको छ। यस सूचीमा १ हजार ३६५ नेपाली रहेका छन्।

प्रतिक्रिया