हतियार उठाएर हिंसा मच्चाउनेले लोकतन्त्र मास्‍न लागेः प्रधानमन्त्री ओली

admin

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्याउने व्यक्तिहरुले संविधान मास्न खोजेको आरोप लगाउने गरेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा मानव अधिकार रक्षकहरुको पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेका कारण मुलुकमा संविधान निर्माण भएको भन्दै लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्याउने व्यक्तिहरुले संविधान मास्न खोजेको आरोप लगाउने गरेको बताउनुभएको हो ।

उहाले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताउनुभयो । मानवअधिकारको पक्षमा बोले अमानवीय तवरले धम्की आउने गरेको भन्दै उहाले मानवअधिकार बिरुद्धको असामाजिक क्रियाकपाल सह्य नहुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठुला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्व दिने धारणा राख्नुभयो ।

नेपाली जनतालाई सुखी र समृद्ध बनाउनका लागि यथार्थरुपमा मानव अधिकार स्थापित हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उहाको भनाइ छ । उहाँले नेपालले मुत्युदण्डको सजायको व्यवस्था नअपनाउने स्पष्ट गर्दै दोषका आधारमा कडा भन्दा कडा सजाय दिन सकिने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स)द्वारा स्थापित रु एक लाख राशीको मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया