काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपाका युवा नेता तथा युवक संगठनका सदस्य सचिव निराजन बम रिहा भएका छन्।
आइतबार साँझ मकवानपुर जिल्ला प्रशासन कार्यालयमा दुई पक्षीय छलफल पछि बमलाई रिहा गरिएको हो।
भरतपुर विमानस्थलबाट दिउँसो पक्राउ गरी हेटौंडा ल्याइएका उनलाई केही बेरअघि मकवानपुर प्रहरीले रिहा गरेको हो।