काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुदको विकास गर्न पार्टी बनाउने नीतिको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको खेलकुद नीति तथा कार्यक्रम बिषयक बिचार गोष्ठीमा देउवाले पार्टीले तय गर्ने नीति खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास गर्न महत्वपूर्ण हुने बताउनुभएको हो ।
उहाले हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको धारणा पनि राख्नुभयो । देउवाले खेलकुद नीतिका लागि पार्टीभित्र व्यापक बहस हुन सकारात्मक रहेको जिकिर गर्नुभयो ।
त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले खेलकुदलाई राज्यले उपेक्षा गरेको बताउँदै यसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।