वित्तीय अन्यायविरुद्ध पीडितको चेतावनी: आन्दोलन अब थप कडा बन्छ

admin

काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफुहरुको मागलाई सम्बोधनगर्नुको सट्टा दमन गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीको रुपमा नलिन चेतावनी दिनुभयो । उहाले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिलै पनि हारेको इतिहास नभएको बताउँदै न्यायीक लडाईमा पनि शासकहरु घुँडा टेक्न बाध्य जिकिर गर्नुभयो ।

त्यस्तै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरुसँग पटकपटक भएका सम्झौताहरुलाई कागजमै सिमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायीक कार्य भएको बताउनुभयो । केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो ।

उहाले बैंशाख ४ गते सम्पूर्ण पीडितहरु सडकमा उत्रने र ठूलो प्रदर्शन गर्ने जानकारी दिनुभयो । लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको बर्षौदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया