आज २०८२ साल वैशाख १६ गते मंगलबारको राशिफल हेर्नुहोस्

admin

मेष : दिन सामान्य छ। अगाडि बढ्न अवरोध देखिने छन्। निर्णय क्षमताको आवश्यकता देखिन्छ। मनमा धेरै खटपटी हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

वृष : खर्च बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ।

मिथुन : मनमा उत्साह बढ्नेछ। साना योजनालाई रोकेर ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र प्रगति हुनेछ। समयको सदुपयोग गर्नुपर्ने दिन आएको छ।

कर्कट : आज तपाईले लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारमा विवादको जोखिम देखिन्छ। लगानी गरेको क्षेत्रबाट नाफा आर्जन हुनेछ।

सिंह : सोचेर निर्णय गर्नुपर्ने दिन हो। अग्रजको सुझाव अनुसार काम गर्दा नाफा हुनेछ। परिवारको साथमा अगाडि बढे फाइदा हुनेछ। लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ।

कन्या : लामो समय रोकिएको कामको सुरुवात हुनेछ। वैदेशिक क्षेत्रमा घाटा हुने भएकाले नगर्नु उचित हुन्छ। विदेशको लगानीबाट मनमा उत्साह बढ्नेछ। व्यवहार गर्दा मर्यादा नभुल्नु राम्रो हुन्छ।

तुला : आफन्तको चिन्ता गरेर आफूलाई भुल्ने जोखिम देखिन्छ। खानपान र नियमित औषधी छुटेर रोग बढ्ने देखिन्छ। लगानीका अवसर धेरै भएकाले सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। लगानी र श्रमको उचित मूल्यांकन हुनेछ। काम सम्पन्न नभएसम्म मनको कुरा कसैलाई नभन्नु राम्रो हुन्छ। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

धनु : मान र मर्यादाले तपाईंलाई उचाईमा पुर्याउने छ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। लगानीका अवसर थुप्रै भएकाले यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : मन चिन्तित रहनेछ। मन अशान्त बन्नेछ। ठुलो योजनामा हात नहाल्नु राम्रो हुनेछ। अनावश्यक तर्क गर्दा आफैंलाई घाटा हुनेछ। धार्मिक कार्यमा संलग्न भएमा दिन सहज बन्नेछ।

कुम्भ : कडा प्रतिस्पर्धामा सहभागी भएर सफलता प्राप्त गर्ने योग छ। कृषि र पशुपालन क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीले उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा भने राम्रो नतिजा प्राप्त नहुने जोखिम देखिन्छ।

मीन : दाजुभाइ वा दिदीबहिनीको सहयोग लिएर अगाडि बढ्ने समय छ। धेरै बोल्दा घाटा हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

प्रतिक्रिया