नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन दिइनेछैन : सभापति देउवा

admin

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको खिलाफमा नेपालको भूमि प्रयोग नदिइने स्पष्ट पार्नुभएको छ ।

जीपी कोइराला फाउन्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल–चीन सम्बन्ध दर्शाउने फोटो प्रर्दशनीमा देउवाले एक चीन नीति नेपालले लिएको भन्दै चीनको खिलाफमा नेपालको भूमि प्रयोग नदिइने स्पष्ट पार्नुभयो ।

उहाले दुई मुलुकबीचको सांस्कृतिक आर्थिक, सामाजिक साझेदारी सदैव मजबुद रहेको धारणा राख्नुभयो । पारस्पारिक सहकार्य र अन्तराष्ट्रिय सम्बन्धहरुमा पनि नेपाल र चीन सहकार्य गर्दै आएको उहाले बताउनुभयो ।

उहाले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा चीनले सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले नेपाल–चीन सम्बन्ध दर्शाउने फोटो प्रदर्शनीले चीनसंगको सहकार्यलाई थप मजबुद बनाउदै दुई देशको सम्बन्धलाई थप उचाईमा पुराउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया