आज यी प्रदेशमा वर्षा

admin

काठमाडौं : हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको असरस्वरूप कर्णाली, सुदूरपश्चिमलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ भने पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, हिमाली क्षेत्रमा केही स्थानमा वर्षासँगै हल्का हिमपात हुन सक्ने सम्भावना छ। रातिको समयमै पनि पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

प्रतिक्रिया