बर्षमान पुनको टिप्पणी : सरकारको नीति कांग्रेसको, कार्यक्रम एमालेको जस्तो देखियो

admin

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री बर्षमान पुनले सरकारको नीति कांग्रेसको र कार्यक्रम एमालेको जस्तो देखिएको बताउनुभएको छ ।

आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले ठूला दलबीचको गठबन्धका कारण नीति एकतिरबाट र कार्यक्रम अर्कोतर्फबाट ल्याउनुपर्ने अप्ठेरो सरकारलाई देखिएको समेत बताउनुभयो ।

उहाले सरकारको नीति तथा कार्यक्रममा, नीति मात्रै आएको र आर्थिक बर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कार्यक्रममात्रै आएको टिप्पणी गर्नुभयो । नीति तथा कार्यक्रम र सिद्धान्त हेर्दा सरकार नै अलमलमा परेको भन्दै पुनले गठबन्धन सरकार लामो समय अघि बढ्दा जस्तो आफुलाई नलागेको उहाले बताउनुभयो । उहाले सरकार निरन्तर अघि बढे देश र जनताले दुख पाउने धारणा राख्नुभयो ।

पुनले नीति तथा कार्यक्रममाथि उठेका बिषयमा प्रधानमन्त्री गम्भीर नदेखिएको बताउनुभयो । उहाले अवको बजेट पनि कामचलाउ जस्तो आउने आशंका देखिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया