आज २०८२ साल जेठ १ गते बिहीबारको राशिफल हेर्नुहोस्

admin

मेष : मन साना कुराले अशान्त बन्नेछ। शरीरमा कष्ट हुनेछ। आकस्मिक घाटा हुनेछ। थोरै बोल्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

वृष : धन प्राप्त हुने योग छ। व्यापारमा सन्तुष्टि मिल्नेछ। दाम्पत्य सुख हुनेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ।

मिथुन : मन प्रशन्न रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। रोग नियन्त्रण हुनेछ। लगानी गर्दा परिवारको तर्फबाट गर्दा फाइदा हुनेछ।

कर्कट : पढाइ र प्रेममा सफलता प्राप्त हुनेछ। रचनात्मक कार्यमा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। सन्तानको व्यवहारबाट मन शान्त बन्नेछ।

सिंह : साना कुराले मन अशान्त बन्ने छ। परिवारका कारणले निराशा बढ्नेछ। साथीसँग विवाद नगरी सहकार्य गर्नु ठिक हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

कन्या : नयाँ लुगा लगाउने अवसर मिल्नेछ। आफन्त र साथीबाट सहयोग मिल्नेछ। विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ। मनको कुरा नलुकाइ काम गर्नु उचित हुनेछ।

तुला : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। बोलीमा सरस्वतीको बास भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। परिवारसँग बसेर रमाइलोसँग दिन बित्नेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ।

वृश्चिक : तपाईंको राशिमा उदयमान चन्द्रमा आइपुगेकाले दिन सहज बन्नेछ। मन शान्त बन्नेछ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : अनावश्यक खर्च बढ्नेछ। खर्च कटौती गर्नुपर्ने योग छ। शिक्षा क्षेत्रको अध्ययनले सन्तुष्टि प्राप्त हुनेछ। समाज र राजनीतिक क्षेत्रमा भने विरोधी सक्रिय भएकाले सचेत बनेर काम गर्नुपर्नेछ।

मकर : व्यापारमा नाफा हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। मनमा सन्तुष्टि प्राप्त हुनेछ। सप्तव भावमा शुभग्रह बसेकाले दाम्पत्य जीवन सुखमय बित्नेछ।

कुम्भ : काम सहजै बन्नेछ। साथीभाइले साथ दिनेछन्। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। गठ सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर सुरु गरेको काम सफल बन्नेछ।

प्रतिक्रिया