आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल हेर्नुहोस्

admin

मेष : भाग्यको उदय हुने दिन छ। खर्च बढ्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्ने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृष : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा व्यापक सुधार हुनेछ। तपाईंको प्रतिभाले समाजमा चर्चा पाउनेछ।

मिथुन : तपाईंको बोली बिक्ने दिन छ। महत्त्वपूर्ण ठाउँमा तपाईंको तर्कमाथि बहस हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ।

कर्कट : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतबाट फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्दा नाफा आर्जन हुनेछ। विपक्षी साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ।

सिंह : चिन्ता बढ्ने दिन छ। आफ्नै कारणले व्यवहारमा समस्या आइपर्नेछ। परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। आफन्तको भने साथ र सहयोग मिल्नेछ।

कन्या : दिन राम्रो छ। कृषि उपजको व्यापारमा राम्रो आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदन हुनेछ। विपक्षी साथी शान्त भएकाले दिन सहज बन्नेछ।

तुला : स्वार्थ समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। लगानी गर्नु अगाडि विवेक प्रयोग गर्नु उचित हुनेछ। आफ्नो निर्णय आफैं गर्न नसक्दा सचेत बन्नुपर्नेछ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। शत्रु बढ्ने भएकाले सचेत बन्नुपर्नेछ।

धनु : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। आफन्तसँग जोगिएर काम गर्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा संकट टर्नेछ।

मकर : आज तपाईंको मन प्रशन्न बन्नेछ। दैनिक काममा उत्साह बढ्नेछ। इज्जत र कुर्सी जोगाउन सम्पत्ति खर्च भए पनि तपाईंको नामको चर्चा हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। व्यापारीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए निजी क्षेत्रबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : तपाईंको राशिमा शनि पुगेका छन्। यो मध्यसाढेसातीको प्रभाव हो। काम गर्दा हठ त्याग्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रतिक्रिया