नवनियुक्त गभर्नर पौडेलको शपथग्रहण आज

admin

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज शपथ ग्रहण गर्दै पदभार ग्रहण गर्ने भएका छन्।

गएको राति मात्र सरकारले लामो समयदेखि रिक्त रहेको गभर्नर पदमा पौडेललाई नियुक्त गरेको हो। नियुक्तिपछि आज बिहान कार्यालय समय सुरु भएपछि उनी अर्थ मन्त्रालय पुगेर औपचारिकरूपमा नियुक्ति बुझ्नेछन्।

त्यसपछि उनी सर्वोच्च अदालत जाने छन्, जहाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबाट शपथ लिने कार्यक्रम तय भएको छ।

शपथपछि पौडेलले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेर आफ्नो कार्यभार सम्हाल्ने कार्यक्रम रहेको बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए।

प्रतिक्रिया