यी प्रदेशमा आज वर्षाको सम्भावना

admin

काठमाडौं — हाल देशमा पश्चिमी वायु र स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी मौसमी प्रणालीको प्रभावका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतः सफा देखिएको छ।

मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम आंशिक बदलीदेखि मुख्यतः सफा रहनेछ। ती प्रदेशका थोरै स्थानहरूमा र अन्य पहाडी भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको महाशाखाले उल्लेख गरेको छ।

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा वर्षासँगै हिमपात हुने सम्भावना कायम छ।

प्रतिक्रिया