अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीका पुत्ला

admin

काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध प्रदर्शन गर्दै उनीहरूको पुत्ला जलाएको छ।

भिजिट भिसा प्रकरण र बढ्दो भ्रष्टाचारमा संलग्नताको आरोप लगाउँदै संगठनले आज राजधानीमा विरोध प्रदर्शन गरेको हो। अनेरास्ववियू (क्रान्तिकारी) ले गृहमन्त्री लेखकलाई ‘भ्रष्ट, घुसखोरी, र दैनिक ५० लाख रुपैयाँ उठाउने नालायक मन्त्री’ भन्दै कडा टिप्पणी गरेको छ।

प्रदर्शनकारीहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी गरेका थिए। संगठनले सरकार भ्रष्टाचारको केन्द्र बनेको आरोप लगाउँदै जनतासामु जवाफदेही हुन चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया