सुमना श्रेष्ठको राजीनामा स्वीकृत

admin

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ।

आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकमा श्रेष्ठले जेठ ९ गते दिएको राजीनामा औपचारिक रूपमा स्वीकृत गरिएको जानकारी गराइएको हो।

प्रतिनिधिसभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टीको संगठनात्मक जिम्मेवारीभन्दा हाल आफ्नो ध्यान विधायकी भूमिकामा केन्द्रित गर्ने उद्देश्यले सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्।

प्रतिक्रिया