काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको महाधिवेशन २०८३ मंसिर भन्दा अगाडि नै हुने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित कांग्रेस प्रदेशसभा क्षेत्रिय कार्यसमिति क्षेत्र नंवर ६, क काठमाडौंले आयोजना गरेको कार्यक्रममा थापाले सवै नेताहरु मिलेर महाधिवशेन सार्न प्रयास गरेपनि पार्टीको महाधिवेशन २०८३ मंसिर भन्दा अगाडि नै हुने बताउनुभएको हो । त्यसभन्दा पछाडी महाधिवशेनलाई ढकेल्न खोजे अदालतले नै रोक्ने उहाले बताउनुभयो ।
थापाले महाविधेशन अघि क्रियाशिल सदस्य र विधान संशोधनको काम सक्नुपर्ने धारणा राख्नुभयो । उहाले पार्टीको विधान संशोधन गर्दा क्रियाशील सदस्यबाट प्रत्यक्ष रुपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने जिकिर गर्नुभयो ।
प्रत्यक्ष रुपमा पार्टी सभापति चुन्ने व्यवस्था भए पार्टीमा चुलिएको गुटबन्दी आफै हटेर जाने उहाको भनाइ छ । थापाले विधान संशोधन गर्दा पार्टीमा धेरै संख्यामा रहेका समितिका बारेमा पनि पूनर्बिचार गर्नुपर्नेमा जोड दिनुभयो ।
क्रियाशिल सदस्यका बिषयमा थापाले असार मसान्तभित्र क्रियाशिल सदस्यको नविकरण गर्ने कार्य सम्पन्न गरि नयाँ क्रियाशिल सदस्य थप गर्ने प्रक्रियामा अघि बढ्ने जानकारी दिनुभयो ।