राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

admin

काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दै छ । दिउँसो सवा १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया